नक्कली भुटानी शरणार्थी प्रकरण : सबै प्रतिवादी कसुरदार ठहर



काठमाडौं,असार २३ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले मुद्दा चलाइएका सबै प्रतिवादीलाई कसुरदार ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित सबै आरोपीलाई दोषी ठहर गरेको हो।

अदालतले दोषी ठहर गरिएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने आदेशसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्