आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयक र वार्षिक प्रतिवेदन प्रस्तुत हुने



काठमाडौं,असार २४ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिनेछ। त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

संस्कृति मन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको पर्यटन विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्