विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, असार २४ — पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले बुधबार चौथोपटक पाँच दिनको म्याद थप गरेको हो।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलमाथि विभागले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्