लगातार ५ दिन घटेको सुनको भाउ शुक्रबार तोलामा २७ सयले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौं,असार २६ । नेपाली बजारमा लगातार ५ दिन घटेकाे सुनकाे भाउ शुक्रबार भने बढेकाे छ। आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो।
यसअघि आइतबार सुनकाे भाउ ताेलामा ४००, साेमबार ९००, मंगलबार १ हजार ४००, बुधबार ९०० र हिजाे बिहिबार सुनकाे मूल्य ताेलामा २ हजार ४०० रूपैयाँले घटेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला सुन २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा तोलामा १७० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ५१० सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

