देशभर लागुऔषधसहित २० जना पक्राउ
काठमाडौँ, असार २६ — नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई–दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक–एक जनालाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट चरेस, खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरामद गरेको जनाएको छ।
उनीहरूलाई गत बुधबार र बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

