होल्डिङ सेन्टर डुबानमा, विस्थापित सुकुमवासीको उद्धार



काठमाडौँ, असार २७ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू समस्यामा परेका हुन ।

रातिको समयमा बाढीको पानी एकाएक होल्डिङ सेन्टरमा प्रवेश गरेपछि आश्रितहरू ज्यान जोगाउन कीर्तिपुरको मुख्य सडकतर्फ निस्किएका थिए। त्यसपछि सुरक्षाकर्मी डुङ्गासहित घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेका थिए।

अविरल वर्षासँगै बाढीको जोखिम बढ्दै गएपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्