बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको उपचारकै क्रममा निधन
काठमाडौं, असार २७ — काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा उपचाररत राउतको केहीबेरअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिएका छन्।प्रहरीका अनुसार राउतको आफ्नै छोरासँग विवाद भएको थियो।विवादपछि उनले शनिबार बिहान घरको भान्सा कोठामा गएर
शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

