जिप दुर्घटनामा तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते



बझाङ, असार २७ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धार तथा उपचारका लागि हेलिकप्टर पठाइएको प्रशासनले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने मृतक र घाइतेहरूको परिचय सार्वजनिक गरिएको छैन।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्