देशभर लागुऔषधविरुद्ध प्रहरीको अभियान, २८ जना पक्राउ
काठमाडौं, असार २७ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ।
उनीहरूलाई काठमाडौं, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत लागुऔषधसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

