कालीमाटीले सार्वजनिक गर्यो आजको थोक मूल्यसूची, गोलभेँडा १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म
काठमाडौँ, असार २८ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। आजको मूल्यसूचीअनुसार गोलभेँडा, आलु, प्याज, सागसब्जी, फलफूल, मसला तथा माछालगायतका कृषि उपजको थोक मूल्य सार्वजनिक गरिएको हो।
समितिका अनुसार गोलभेँडाको मूल्य प्रतिकिलो १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म कायम गरिएको छ। ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो स्थानीय गोलभेँडा १२ रुपैयाँ र टनेल गोलभेँडा २२ रुपैयाँ तोकिएको छ। रातो आलु ३२ रुपैयाँदेखि ४६ रुपैयाँसम्म तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५५ रुपैयाँ निर्धारण गरिएको छ।
तरकारीतर्फ स्थानीय गाजर ११० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, बन्दा ४० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, लौका ३५ रुपैयाँ, करेला ३० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।विभिन्न प्रकारका सिमीको मूल्य ६० रुपैयाँदेखि १२० रुपैयाँसम्म रहेको छ।
सागसब्जीतर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दशहरी आँप १६० रुपैयाँ तथा हरियो तरबुजा प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ।
मसलातर्फ अदुवा प्रतिकिलो २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ तथा नेपाली सुकेको लसुन १८० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३०० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

