नेपाल भलिबल लिगका सबै टोलीले पाए मुख्य प्रशिक्षक
काठमाडौँ, असार २९ । नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि सहभागी सबै ६ फ्रेन्चाइज टोलीले मुख्य प्रशिक्षक टुंगो लगाएका छन्। फ्रेन्चाइज प्रतिनिधिको उपस्थितिमा प्रशिक्षकको जिम्मेवारी बाँडफाँट गरिएको आयोजकले जनाएको छ।
छनोट भएका प्रशिक्षकमध्ये तीन जनासँग यसअघि एभरेष्ट महिला भलिबल लिग (डब्लुभिएल) मा टोली सम्हालेको अनुभव छ।सगरमाथा स्म्यासर्सका मुख्य प्रशिक्षक बनेका उत्सव खड्काले डब्लुभिएलमा ललितपुर क्विन्सको प्रशिक्षण गरेका थिए। त्यस्तै, मधेश वारियर्सका प्रशिक्षक भारत यादवले लुम्बिनी लाभाज र खप्तड फाल्कन्सका प्रशिक्षक रुपेशकुमार बिष्टले पोखरा निन्जाजको जिम्मेवारी सम्हालेका थिए।
एनभिएलमा काठमाडौं रेड्सको मुख्य प्रशिक्षक निपा बहादुर बि.के., अन्नपूर्ण स्पाइकर किंग्सको रमेश के.सी. र कर्णाली शिवराजको चन्द्रबहादुर कुँवरलाई जिम्मेवारी दिइएको छ।
भदौ महिनामा आयोजना हुने नेपाल भलिबल लिगमा सहभागी टोलीका मुख्य प्रशिक्षकको सूची यसप्रकार रहेको छः सगरमाथा स्म्यासर्स–उत्सव खड्का, मधेश वारियर्स–भारत यादव, काठमाडौं रेड्स–निपा बहादुर बि.के., अन्नपूर्ण स्पाइकर किंग्स–रमेश के.सी., कर्णाली शिवराज–चन्द्रबहादुर कुँवर र खप्तड फाल्कन्स–रुपेशकुमार बिष्ट रहेका छन् ।

