डाइभर्सनकै भरमा सडक, गन्तव्य पुग्नै सकस



फिदिम, असार २९। पाँचथरका विभिन्न खोलामा बाढीले पुल र डाइभर्सन बगाएपछि यातायात सेवा प्रभावित भएको छ। तमोर करिडोरको हेवाखोला, मुवाखोला, दोभानेखोला र घुमाउनेटार क्षेत्रमा सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा ढुवानी व्यवसायीले सास्ती खेपिरहेका छन्।

अस्थायी डाइभर्सनमा ठूला सवारी साधन मुस्किलले मात्रै सञ्चालन भइरहेका छन् भने साँघुरा सडकका कारण घण्टौँसम्म जाम हुने गरेको छ। स्थानीय जनप्रतिनिधिले पुल निर्माण वा बेलिब्रिज जडानका लागि पटक–पटक आग्रह गरे पनि प्रदेश र सङ्घीय सरकारबाट प्रभावकारी पहल नभएको गुनासो गरेका छन्।

स्थानीयले बर्खायाममा डाइभर्सनकै भरमा आवतजावत गर्नु जोखिमपूर्ण भएकाले तत्काल दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्