आज भानुजयन्ती, भानुभक्तको योगदान स्मरणीय



काठमाडौं,असार २९ । आज भानुजन्यन्ती देशभर मनाइदैछ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उहाँको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

टोखास्थित एसिया प्यासिफिक विद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा शैलेन्दुप्रकाश नेपालले भानुभक्तले नेपाली भाषालाई सरल, सहज र जनसाधारणको पहुँचमा पुर्‍याई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गरेको बताउनुभयो।

प्राडा सर्वराज आचार्य, प्राडा भागवत ढकाल तथा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले पनि भानुभक्तको योगदान नेपाली भाषा, साहित्य र भाषिक एकीकरणका लागि ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँका कृतिले नयाँ पुस्तालाई समेत प्रेरणा दिइरहेको बताए।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीराम्घामा जन्मनुभएका भानुभक्तले संस्कृत रामायणलाई सरल नेपालीमा अनुवाद गरी जनसाधारणसम्म पुर्‍याएका थिए। उहाँका रामायण, भक्तमाला, प्रश्नोत्तर र वधुशिक्षा लगायतका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पदा मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्