अविरल वर्षापछि नागढुंगाबाट बाहिरिने सवारी रोक, फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक पनि बन्द



काठमाडौं,असार २९ । अविरल वर्षासँगै सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि नागढुंगाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म नागढुंगाबाट बाहिरिने सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको प्रहरीले जनाएको छ।

यस्तै, फर्पिङ–दक्षिणकाली–मकवानपुर सडकखण्डमा पनि सवारीसाधन सञ्चालन रोकिएको छ। वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्