नागरिकको प्रश्न गर्ने अधिकार कसैले रोक्न सक्दैन : गगन थापा



काठमाडौं,असार २९ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले पनि खोस्न नसक्ने बताउनुभएको छ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले सरकार प्रश्न गर्नेहरूको आवाज बन्द गराउने शैलीमा अघि बढेको भन्दै नागरिकको प्रश्न गर्ने अधिकारमाथि कुनै हस्तक्षेप स्वीकार्य नहुने धारणा राख्नुभयो।

उहाँले आफ्नै घरअगाडि गाडी पार्किङ गर्ने व्यक्तिलाई प्रशासनको गाडीमा लगिएको भन्ने सूचना आफूले स्थानीयबाट पाएको उल्लेख गर्दै, यदि उक्त घटना सरकारको संलग्नतामा भएको हो भने त्यसलाई खेदजनक मान्नुपर्ने बताउनुभयो।

सभापति थापाले यस्ता गतिविधिले नागरिकको मौलिक अधिकार कमजोर बनाउन नसक्ने जिकिर गर्दै सरकारका गलत काम र कमजोरीमाथि आवश्यक परे कांग्रेसले स्पष्ट रूपमा आलोचना गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्