प्रधानमन्त्री बालेन प्रतिनिधिसभा बैठकमा, रवि लामिछानेसँगै संसद् प्रवेश



काठमाडौं,असार ३० — प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै केहीबेरअघि संसद् भवनमा प्रवेश गरेका हुन्।

यसअघि प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा उपस्थित हुनेबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको थिएन। पूर्वसूचना बिना नै उनी बैठकमा पुगेपछि त्यसले राजनीतिक वृत्तमा चासो बढाएको छ।

प्रतिनिधिसभाको बैठक जारी रहेको छ भने प्रधानमन्त्रीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्