रौतहटमा युवाले शरीरमा पेट्रोल छर्केर आगो लगाए, थप उपचारका लागि कीर्तिपुर रिफर



रौतहट,असार ३१ — रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। घटनामा उनको घाँटीदेखि तल करिब ३१ दशमलव ५ प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।

घाइते सहनीको प्रारम्भिक उपचार गरुडास्थित बेटर नेपाल अस्पतालमा गरिएको थियो। त्यसपछि थप उपचार आवश्यक भएकाले उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल उनको अवस्था मध्यम रहेको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्