श्रीमानको कुटपिटबाट सिन्धुपाल्चोकमा श्रीमतीको मृत्यु, आरोपी फरार
सिन्धुपाल्चोक,असार ३१ — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट मिना रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि भएको विवादका क्रममा श्रीमान मिनबहादुर भण्डारीले कुटपिट गर्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनापछि मिनबहादुर फरार रहेकाले उनको खोजी भइरहेको छ।
प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

