मकवानपुरमा १०९ किलो गाँजासहित दुई पक्राउ



मकवानपुर,असार ३१— मकवानपुर प्रहरीले १०९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च.४८९३ नम्बरको पिकअपबाट १५ पोकामा लुकाइराखिएको १०९ किलो गाँजा बरामद गरिएको हो।

घटनामा धादिङको गजुरी नगरपालिका–७ का ४१ वर्षीय सुमन तामाङ र १९ वर्षीय इरोज तामाङलाई गाडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा, पिकअप र पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्