कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीद्वारा राजीनामा
काठमाडौँ,असार ३१- कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले आज राजीनामा दिनुभएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संयुक्त रुपमा त्यागपत्र दिनुभएको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।
दुई/दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार उहाँहरुले आज संयुक्त राजीनामा दिनुभएको हो ।

