सरकारी कार्यालयमा सेवा प्रवाह सुधार, कर्मचारीको कार्यशैलीमा परिवर्तन
काठमाडौं, असार ३२ । सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएपछि अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन, राहदानी, भूमि प्रशासन, यातायात कार्यालय तथा स्थानीय तहमा डिजिटल प्रणाली, टोकन व्यवस्था, एकद्वार सेवा केन्द्र र हेल्प डेस्क सञ्चालनपछि सेवाग्राहीले सहज सेवा पाउन थालेका छन्।
सरकारी कार्यालयमा कर्मचारी नियमित रूपमा डेस्कमै बसेर सेवा दिन थालेका छन् भने बिचौलियाको भूमिका घटेको, लाइनको झन्झट कम भएको र अनलाइन सेवाको विस्तार भएको बताइएको छ।
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कर्मचारीमा अनुशासन, समयपालन र नतिजामुखी कार्यशैलीको विकास हुँदै गएको छ। राष्ट्रिय सतर्कता केन्द्रले पनि विगतको तुलनामा अधिकांश कार्यालयमा कर्मचारीको कार्यशैली र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको जनाएको छ।

