प्रधानमन्त्री सचिवालयको टोलीद्वारा दुप्चेश्वर महादेव धामको अवलोकन



नुवाकोट, असार ३२ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट आएको तीन सदस्यीय प्रतिनिधिमण्डलले दुप्चेश्वर महादेव धामको दर्शन तथा अवलोकन गरेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार प्रतिनिधिमण्डलले धामको धार्मिक, सांस्कृतिक तथा पर्यटन महत्व, पूर्वाधार विकास, भक्तजनलाई सहज सेवा प्रवाह तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा विकास गर्ने विषयमा छलफल गर्दै आवश्यक सुझाव र निर्देशन दिएको छ।

कोषले प्रधानमन्त्री बालेन्द्र शाहले निकट भविष्यमा स्वयं दुप्चेश्वर महादेव धामको दर्शन गर्ने इच्छा व्यक्त गरेको जानकारी प्राप्त भएको जनाएको छ। यसले धामको संरक्षण, संवर्द्धन, पूर्वाधार विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषले प्रतिनिधिमण्डलप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीको आगमनको प्रतीक्षामा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्