प्रधानमन्त्री वालेन्द्र शाहले आज जुत्ता उत्पादकसँग छलफल गर्नुहुँदै



काठमाडौं,साउन १ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ।

छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, बजार व्यवस्थापन, उत्पादनमा आत्मनिर्भरता, उद्योगले भोगिरहेका चुनौती तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्