हङकङमा लडेर शेरबहादुर देउवाको दायाँ हात भाँचियो
काठमाडौं,साउन १ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो।
देउवानिकट स्रोतका अनुसार दुर्घटनापछि उनलाई स्थानीय अस्पतालमा उपचार गराइएको थियो। उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेका भिडियोहरू पनि सार्वजनिक हुँदै आएका छन्।
देउवा २०८२ चैत ७ गते थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।

