नारायणगढ–मुग्लिन सडकमा तीन सवारी एकापसमा ठोक्किँदा ३० जना घाइते



चितवन, साउन ३ — नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बसले सोही दिशामा अघि गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनापछि केही समय सडकमा सवारी आवागमन प्रभावित भए पनि दुर्घटनाग्रस्त सवारी हटाइएपछि यातायात सञ्चालन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्