सुनचाँदीको मूल्यमा उछाल, सुन तोलामा एक हजार ९०० रुपैयाँले महँगियो



काठमाडौं, साउन ३ — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० रुपैयाँ र चाँदी चार हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार ३१ अमेरिकी डलर र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्