अर्जेन्टिनालाई हराउँदै स्पेन दोस्रोपटक विश्व विजेता
काठमाडौं,साउन ४ । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यसपछि अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले गरेको निर्णायक गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त बन्यो।
कडा प्रतिस्पर्धात्मक बनेको फाइनलमा अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि स्पेनको सुदृढ रक्षापङ्क्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन।
यससँगै स्पेनले विश्व फुटबलको सर्वोच्च उपाधि दोस्रोपटक जित्दै नयाँ इतिहास रचेको छ भने साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै बनेको छ।

