बजेट कार्यान्वयनमा ढिलाइ नगर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं,साउन ४ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयका पदाधिकारी र सचिवहरूलाई समयबद्ध रूपमा काम गर्न निर्देशन दिनुभएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित बजेट कार्यान्वयनसम्बन्धी बैठकमा उहाँले बजेटका कार्यक्रम तोकिएको समयमै अघि बढाउन र कार्यान्वयनमा कुनै ढिलाइ हुन नदिन निर्देशन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव घनश्याम उपाध्याय तथा पूर्वाधार विकास, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।

साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजेट कार्यान्वयनलाई तीव्रता दिन अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्