बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, मष्टा गाउँपालिकाको कोटदेवल केन्द्रबिन्दु
बझाङ,साउन ६ । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवललाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेर घरबाहिर निस्किएका थिए। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षति भएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

