तीन बजे मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णयको अपेक्षा
काठमाडौं,साउन ६— मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।साथै मन्त्रालयहरूले पेश गरेका विभिन्न प्रस्तावमाथि निर्णय गरिने अपेक्षा गरिएको छ।
बैठकबाट सरकारका नीतिगत निर्णय, नियुक्ति, बजेट कार्यान्वयन तथा अन्य समसामयिक विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।

