राष्ट्र बैंकले सार्वजनिक गर्यो बिहीबारको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, साउन ७ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।
युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ तथा स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ३९ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ४३ पैसा कायम भएको छ।
त्यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७७ पैसा, साउदी रियाल ४१ रुपैयाँ ०९ पैसा, कतारी रियाल ४२ रुपैयाँ ३० पैसा तथा यूएई दिराम ४१ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरेको छ।

