सिरहामा गोली चल्यो, छ जनासहित खैरो हिरोइन बरामद
सिरहा, साउन ७ — सिरहाको लहानमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले छ जनालाई पक्राउ गर्ने क्रममा गोली चलेको छ।
प्रहरीका अनुसार लहानस्थित अस्पताल चोकबाट पाँच भारतीय नागरिक र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो।उनीहरूको साथबाट प्रारम्भिक रूपमा २२५ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
कारबाहीका क्रममा एक भारतीय र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको छ। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

