प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान
काठमाडौं,साउन ७ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ ।
उहाँका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले उहाँका भारतका प्रधानन्यायाधीश कान्तसँग दुई पक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।
उहाँ भ्रमणपश्चात् यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
उक्त भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी हुनुहुन्छ ।

