सुनको मूल्यमा एकैदिन ५ हजार ८०० रुपैयाँको गिरावट



काठमाडौं, साउन ८ — नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावसँगै शुक्रबार सुन प्रतितोला ५ हजार ८०० रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार यही सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपालमा सुनचाँदीको दैनिक मूल्य अन्तर्राष्ट्रिय बजारको मूल्य तथा विनिमय दरका आधारमा निर्धारण हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्