दुईदिने सार्वजनिक बिदा तत्काल नहट्ने, शिक्षा ऐनमा विद्यार्थीलाई प्राथमिकता



काठमाडौं, साउन ९ — शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले हाल कायम रहेको साताको दुईदिने सार्वजनिक बिदाको व्यवस्था तत्काल नहट्ने स्पष्ट पार्नुभएको छ।

शिक्षा पत्रकारसँगको छलफलमा उहाँले आइतबारको बिदा कटौती नहुने, बरु दुईदिने बिदाको व्यवस्थालाई थप व्यवस्थित बनाइने बताउनुभयो। विद्यालय शिक्षा ऐन निर्माणको तयारी भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले आगामी ऐनमा शिक्षक–कर्मचारीसँगै विद्यार्थीका हितलाई पनि प्राथमिकता दिइने जानकारी दिनुभयो।

उहाँले विश्वविद्यालयलाई स्वायत्त रूपमा सञ्चालन गर्न सरकारले हस्तक्षेप नगर्ने र बाँकी पदाधिकारी नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढाइने बताउनुभयो।

यसैबीच, इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन, गुणस्तर सुधार गर्न र अध्ययनपछि नेपालमै रोजगारी सुनिश्चित हुने गरी ठोस कार्ययोजना बनाउन मन्त्री पोखरेलले सरोकारवालालाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्