नुवाकोटमा बेपत्ता दुई बालक सकुशल भेटिए



नुवाकोट, साउन ९ — नुवाकोटको तादी गाउँपालिकाबाट शनिबार बिहानदेखि सम्पर्कविहीन भएका दुई बालक सकुशल फेला परेका छन्।

पञ्चकन्या गाउँपालिकाको थप्रेकमा बसोबास गर्ने बिनोद भण्डारीका छोरा र कुमार शिवभक्तिका १४ वर्षीय छोरा चौघडास्थित गडखाँर पुल क्षेत्रमा फेला परेको परिवारले जनाएको छ।

दुवै बालक तादी भ्यु माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। शनिबार बिहान करिब ७ बजेतिर घरबाट निस्किएपछि उनीहरू परिवारको सम्पर्कमा आएका थिएनन्।

त्यसपछि परिवार तथा आफन्तजनले खोजी कार्यसँगै सर्वसाधारणसँग सहयोगको अपिल गरेका थिए।

खोजीका क्रममा शनिबार नै उनीहरू चौघडास्थित गडखाँर पुलबाट सकुशल फेला परेपछि परिवारले राहतको सास फेरेको छ।बालकहरू सकुशल भेटिएसँगै खोजीमा सहयोग गर्ने सबैप्रति परिवारले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्