गृहमन्त्री गुरुङ रसुवा प्रस्थानअघि नुवाकोटको बट्टार बजारमा
नुवाकोट,साउन ९ । गृहमन्त्री सुदन गुरुङ आज रसुवाको टिमुरेस्थित चीनसँगको अन्तर्राष्ट्रिय नाका अवलोकन तथा निरीक्षणका लागि नुवाकोट हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको छ।
रसुवातर्फ जाने क्रममा उहाँले नुवाकोटको बट्टारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेलसहित पार्टीका नेता तथा कार्यकर्तासँग संक्षिप्त भेटघाट गर्नुभएको थियो।
भेटघाटका क्रममा समसामयिक विषयमा सामान्य छलफल भएको बताइएको छ। त्यसपछि गृहमन्त्री गुरुङ आफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार रसुवातर्फ प्रस्थान गर्नुभएको हो।

