शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता



काठमाडौं,साउन ९ । शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ।

पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको आफ्ना मागहरु सम्बोधन भएको भन्दै सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनु भयो ।

सीजेपीले सरकारसमक्ष पाँच बुँदे मागपत्र प्रस्तुत गरेको र चार हप्तापछि अर्को चरणको वार्ता गर्ने बताइएको छ । आजै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाउनुभएको थियो । देशका युवा ‘भ्रमको जालमा नफसून्’ भन्ने सुनिश्चित गर्न विद्यार्थीहरूको ठूलो हितमा आफूले राजीनामा दिएको प्रधानले बताउनुभयो ।

कक्रोच जनता पार्टी (सीजेपी) को सुरुवात मुख्य न्यायाधीश सूर्य कान्तको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमार्फत् भएको थियो । नागरिक अभियन्ता सोनम वाङचुकसँगै विदार्थी तथा युवाहरूको ठूलो जमात्ले राजधानीको जन्तर मन्तरमा आन्दोलनको नेतृत्व गर्दै प्रधानको राजीनामा मागेको थियो । यो विवाद मे महिनामा ‘नीट–यूजी’ को प्रश्नपत्र बाहिरिएको पाइएपछि सुरु भएको थियो भने पुनः परीक्षा जुन २१ मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्