हार्दिक र पूजा चेसका च्याम्पियन
काठमाडौं,साउन ११ । हार्दिक पन्त र पूजा भण्डारी हिमालयन १०० तेस्रो यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिपमा च्याम्पियन बनेका छन्।
हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा यू–१५ खुला ब्वाइजतर्फ हार्दिकले उपाधि जित्दा गल्र्सतर्फ पूजा विजेता बनिन्। गोल्डेनगेट कलेजमा सम्पन्न प्रतियोगितामा पूजाले शतप्रतिशत अंकसहित उपाधि जित्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
हिमालयन चेस एकेडेमीका निर्देशक यसिर खम्बूका अनुसार प्रतियोगितामा शतप्रतिशत अंक हासिल गर्ने खेलाडीलाई एकेडेमीले नगद पुरस्कार प्रदान गर्दै आएको छ।
यू–१५ ब्वाइजतर्फ शुलभ पन्थी दोस्रो, प्रबिर केसी तेस्रो, अरिज राई चौथो तथा सन्देश बरुवाल पाँचौं स्थानमा रहे। गल्र्सतर्फ सुप्रिया खत्री दोस्रो, कुसुम घिसिङ तेस्रो, प्रज्ञा पन्त चौथो र अदिति कायस्थ पाँचौं स्थानमा रहिन्।
यू–१३ खुला ब्वाइजतर्फ अविक रेग्मी प्रथम, स्वस्तिकमान तुलाधर दोस्रो र विवेककुमार साह तेस्रो भए। सोही उमेर समूहको गल्र्सतर्फ नायुमा मगर प्रथम, सुहानी सिंह दोस्रो तथा सुन्निमा सिंह तेस्रो भइन्।
यू–११ ब्वाइजतर्फ आयम सुवेदी प्रथम, रियान्शु पौडेल दोस्रो तथा सौर्यप्रताप सिंह कार्की तेस्रो भए। गल्र्सतर्फ इभान्जेल मगर प्रथम, प्रशंसा चौधरी दोस्रो र विध्या ढुंगाना तेस्रो स्थानमा रहिन्।
यू–९ ब्वाइजतर्फ शुभंग प्रधान प्रथम, देभान्स बस्नेत दोस्रो र अभिमान सिंह बस्नेत तेस्रो भए। गल्र्सतर्फ श्रीशा बल्ला प्रथम, साहस्रा क्षेत्री दोस्रो र काव्या अग्रवाल तेस्रो भइन्। यू–७ समूहमा गल्र्सतर्फ रुत्भी सिंह प्रथम भइन् भने ब्वाइजतर्फ विराज सर्दा प्रथम, आराम्भ श्रेष्ठ दोस्रो तथा बोधि शाक्य तेस्रो भए।
प्रतियोगितामा गल्र्सतर्फ ३९ र ब्वाइजतर्फ ९१ गरी कुल १ सय ३० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

