सर्पदंशबाट युवकको मृत्यु
धनगढी,साउन ११ । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजे कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो।
सर्पदंशपछि उहाँलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर उपचारकै क्रममा राति करिब १०ः४० बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परिवारलाई बुझाइएको छ। घटना सम्बन्धमा थप विवरण संकलन गरिएको प्रहरीले जनाएको छ।

