देवानगञ्ज घटनाबारे छलफल गर्न सर्वदलीय बैठक सुरु



काठमाडौँ,साउन १३ — सुनसरीको देवानगञ्जमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बसेको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राप्रपाका प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत शीर्ष नेताहरू सहभागी छन्।

बैठकमा देवानगञ्ज घटनाको समीक्षा, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा साझा धारणा बनाउने विषयमा छलफल हुने जनाइएको छ।बैठकबाट घटनाबारे साझा निष्कर्ष र शान्ति तथा सद्भाव कायम गर्न राजनीतिक दलहरूको संयुक्त सन्देश आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्