आज अमेरिकी डलर १५३ रुपैयाँ ७६ पैसामा बिक्री, अन्य विदेशी मुद्रा विनिमयदर के छ?



काठमाडौँ,साउन १३। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

राष्ट्र बैङ्कका अनुसार युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, बेलायती पाउन्ड एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलरको बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर ११८ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ७० पैसा, साउदी रियाल ४० रुपैयाँ ९३ पैसा, कतारी रियाल ४२ रुपैयाँ १५ पैसा तथा युएई दिराम ४१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

यसैगरी जापानी येन (१०), थाइ भाट, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि सार्वजनिक गरिएको राष्ट्र बैङ्कले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध रहने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्