राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल



काठमाडौँ,साउन १५ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लामा देखिएको पछिल्लो विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन सबै पक्षले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
छलफलमा पूर्वराष्ट्रपति डा. यादवले विषम परिस्थितिको

समाधानका लागि सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकलाई साथ लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो।

उहाँले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै उत्पन्न समस्याको समाधान खोज्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्