गोलबजारमा लगाइएको कर्फ्यू हटाइयो



सिरहा,साउन १७ । सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय सुरक्षा अवस्थाको विश्लेषण गर्दै गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आज राति ७ बजेदेखि हटाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश साउन १७ गते राति ७ बजेदेखि हटाइएको उल्लेख छ।

गोलबजार क्षेत्रमा पछिल्ला केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। पछिल्लो समय सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्