दुर्गा प्रसाईं पक्राउ, हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको आन्दोलन घोषणा गरेको केही घण्टामै नियन्त्रणमा



काठमाडौं,साउन १८ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बेलुकी पक्राउ गरेको हो।

प्रसाईंले हिजो दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन घोषणा गरेका थिए। पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका थिए।

यसअघि पनि प्रसाईंले विभिन्न सार्वजनिक कार्यक्रम तथा अभिव्यक्तिमार्फत विवादास्पद तथा उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए।

आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्