रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प



रोल्पा,साउन १८ । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का रोल्पा तथा आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्