नाम्सी नयाँ पुलमा ढुङ्गा खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी
चितवन,साउन १८ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ। ढुङ्गा खसेसँगै हाल सो सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार ढुङ्गा खसेलगत्तै सडकबाट पहिरो पन्छाउने काम सुरु गरिएको छ। थप ढुङ्गा नखसे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो।
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोको जोखिममा रहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरी निरीक्षक थापाले आग्रह गर्नुभएको छ।

