बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना सवार रहेको आशंका
सिन्धुली,साउन १८— रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमानास्थित सुनकोशी नदीमा यात्रुसहितको कार खसेको छ।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार नदीमा खसेको हो।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरबाट कार सुनकोशी नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कारमा चार जना सवार रहेको खबर प्राप्त भएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी र स्थानीय घटनास्थल पुगेका छन्। नदीमा भेल बढेका कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

