स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते



महोत्तरी,साउन १९ । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानामा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ७ः३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का करिब ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन्।घाइतेमध्ये एक जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि गौशालास्थित बिएके अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्