मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु



सप्तरी,साउन १९ । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। हुलाकी सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ स्थित महुवा खोलाको पुलमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा स्थानीय दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा महादेवा गाउँपालिका–१ पकरी रामटोलका अन्दाजी ३७ वर्षीय फैंकन राम र २८ वर्षीय सन्तोष राम रहेका छन्। प्रहरीका अनुसार पकरीबाट बनौलीतर्फ जाँदै गरेको स ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई महुवा खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो।थप उपचारका क्रममा सन्तोषको विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्